![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/08/england-vs-pakistan.jpg)
पाकिस्तान विरुद्धको पहिलो टेस्ट घरेलु टिम इंग्ल्याण्डले जितेको छ ।
म्यानचेस्टरमा राति भएको खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ३ विकेटले हराउँदै पहिलो टेस्ट आफ्नो पक्षमा पारेको छ । पाकिस्तानले दिएको २ सय ७७ रनको लक्ष्य इंग्ल्याण्डले ७ विकेट गुमाएर पूरा गर्यो । यसअघि दोस्रो इनिङमा पाकिस्तान १ सय ६९ रनमा अलआउट भएपछि इंग्ल्याण्डले २ सय ७७ रनको लक्ष्य पाएको थियो । पाकिस्तानले पहिलो इनिङमा अलआउट हुँदै ३ सय २६ रन बनाएको थियो ।
पहिलो टेस्ट जितेसँगै तीन खेलको सिरिजमा इंग्ल्याण्डले १ शून्यको अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो टेस्ट आउँदो बिहीबार साउथह्याम्पटनमा सुरु हुनेछ ।