अपडेट 
२०७७ श्रावण २५, आईतवार १६:४५

नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ८० जना नयाँ संक्रमित थपिएका छन् । देशभरका ३७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार तीन सय ८० जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४० जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार तीन सय ५३ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७५ पुगेको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

Comment


Related News

Latest News

Trending News