अपडेट 
२०७७ श्रावण २५, आईतवार १७:०१

जनकपुरमा पुनः एक हप्ताका लागि निषेधाज्ञा जारी थप गरिएको छ ।

उपमहानगरपालिका क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएको र समुदाय स्तरमा फैलिएकोले निषेधाज्ञाको समयअवधि साउन ३२ गते आइतबार राति १२ बजेसम्मका लागि थप गरिएको छ ।

कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु फेरि आगामी ७ दिनसम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जनकपुरधाम उपमहानगरपालिकाको पूर्वमा कपिलेश्वर बसपार्क, उत्तरमा क्षीरेश्वरनाथ नगरपालिकाको जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जाने बाटो ९दूधमति पुल० दक्षिणमा बनौली मोड, बसहिया रोडको सोनासत्ती मन्दिर, प्रदेशसभा जाने मोडको बिचसम्मको क्षेत्रमा निषेधाज्ञाको समयअवधि थप गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशपलाई अत्यावश्यक सेवा उल्लेख गरेको छ । प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

सुरक्षा समितिको बैठकबाट सात दिन अझै लकडाउन थप्ने निर्णय गर्नुका साथै जनकपुरधामस्थित यात्री निवासलाई क्वारेन्टाइन स्थल बनाउने र जिल्लामा आइसोलेसन सेन्टरहरु अझै थप गर्ने तथा बैंक र वित्तिय संस्थाहरू सिफ्टवाइज खोल्ने निर्णय समेत गरिएको छ

Comment


Related News

Latest News

Trending News