अपडेट 
२०७७ श्रावण २५, आईतवार १८:२६

गोलबजार नगरपालिकाबाबट खैरो हिरोइनको कारोबार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोलबजार–६ दोशटियास्थित पाण्डव गुप्ताको घरबाट आइतबार लागूऔषधको कारोबार गरिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २८ वर्षीय गुप्तासहित स्थानीय २२ वर्षीय सुरज परियार, २० वर्षीय रोशन लामा, २० वर्षीय सैफली खान, १९ वर्षीय विवेक श्रेष्ठ, १९ वर्षीय शिरिल महरा रहेको प्रहरीले जनाएको छ । बिक्री वितरणका लागि लुकाइछिपाई सेतो प्लाष्टिकको ससाना पाँच पोका, कालो प्लाष्टिकको एउटा ठूलो पोकामा रहेको एक ग्राम ४०० मिलीग्राम र फ्लाष्टिकबाहेक एक ग्राम २०० मिलीग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभएको छ ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक घिमिरेले बताउनुभएको छ ।

Comment


Related News

Latest News

Trending News