अपडेट 
२०७७ श्रावण २६, सोमबार ०६:२६

देशका केही ठाउँमा गएराति ठूलो पानी परेको छ । वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै महाशाखाले ठूलो पानी परेका र नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।  पानी परेका क्षेत्रमा पहिरो र तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम हुन सक्ने भएकाले सर्तकता अपनाउन महाशाखाका मौसमविद् गंगा नगरकोटीको आग्रह छ । अहिले देशैभर हल्का वर्षा भैरहेको छ । मौसम पूर्णतया बदली भएसँगै देशैभर हल्का पानी परेको हो । आज दिउँसो पनि हल्का वर्षाको संभावना छ । 

तर लगातार झरी नपर्ने संभावना नरहेको मौसमविद् नगरकोटीले बताउनुभयो । आज राति पनि केही ठाउँमा ठूलो र अरु ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Comment


Related News

Latest News

Trending News