अपडेट 
२०७७ श्रावण २६, सोमबार ०९:११

रौतहट–वि.पी. कोईराला युवा नेतृत्व विकास मञ्च रौतहटका अध्यक्षमा अधिकार लामिछानेले जिम्मेवारी पाएका छन् ।
वि.पी. कोईराला युवा मञ्चले आफ्नो उदेश्य प्रप्तिको लागि मुलुकभर आफ्नो संगठनिक संजाल बिस्तार गर्ने क्रममा रौतहट जिल्लाको युवा लामिछानेलाई जिम्मेबारी दिएको हो ।
मञ्चको संरचनालाई अझ बिस्तार गर्दे रौतहट लगायत अन्य जिल्लाहरुका साथिहरुलाई समेत अध्यक्ष पदको जिम्मेबारी दिएको वि.पी. कोईराला युवा नेतृत्व विकास मञ्चका केन्द्रय समितिका अध्यक्ष निलकण्ठ रिजालले जानकारी दिएका छन् ।


उनले विपी कोईरालाबाट व्यत बिचार,प्रतिपादीत निति र अवधारणाहरु आजको समयमा पनि हाम्रो लागि प्रेरक र सामायिक छन् । राष्ट्र निमार्णका लागि मार्ग निर्देशन गरिरहेका छन् । उहाँका विचारलाई आजको जीवन सापेक्षतामा गतिशील ढंगले बुझ्ने,बिश्लेसन गर्ने र भावी पिढिको सपना संग एकाकार गर्ने गुरुत्तर दायित्व आजको युवा पंक्तिले निर्वाह गर्नको लागि बिभिन्न जिल्लाको युवा पंक्तिहरुलाई अध्यक्षको जिम्मेवारी दिएको बताए ।

Comment


Related News

Latest News

Trending News