अपडेट 
२०७७ श्रावण २६, सोमबार ११:१९

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १६ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा १८ वर्षका देखि ५० वर्ष सम्म रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए अनुसार सोमबार बिहान संक्रमण हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४ जना नेपाल प्रहरी रहेका छन् । त्यसैगरी, पोखरीया नगरपालिकाका २५ वर्षीय डाक्टर पनि रहेको मेसु उपाध्यायले बताए ।

वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका १८ वर्ष देखि ५० वर्षका सम्मका ९ जना, मेग्नस फर्माका ३६ र ४० वर्षका २ जना पुरुष र ४८ वर्षीय १ जना महिला कर्मचारी रहेकी छिन् । बारा जिल्ला घर भइ नारायणी अस्पतालमा मेडिकल वार्डमा कार्यरत २० वर्षीय महिला स्वास्थ्यकर्मी पनि संक्रमित भएकी छिन् । पर्सा जिल्ला पोखरिया नगरपालिकाका वडा नम्बर ७ का २६ बर्षका १ जना पुरुष, र पोखरिया अस्पतालका २ जना स्वास्थ्यकर्मी रहेको मेसु उपाध्यायले बताए ।

साउन २४ र २५ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा २२ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News