अपडेट 
२०७७ श्रावण २६, सोमबार १४:२१

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पूर्वराष्ट्रपति मुखर्जीले ट्वीट गर्दै परीक्षणको क्रममा आफूमा कोरोना सङ्क्रमण देखिएको जानकारी दिनुभएको हो । उहाँले भन्नुभएको छ, ‘सोमबार गरिएको जाँचमा ममा कोरोनाको सङ्क्रमण पाइएको हो ।’ साथै उहाँले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएकालाई छुट्टै बस्न आग्रह गर्दै कोभिड–१९ जाँच गर्न भन्नुभएको छ । 

केही दिनअघि मात्र भारतीय गृह मन्त्री अमित शाहलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।   

Comment


Related News