अपडेट 
२०७७ श्रावण २६, सोमबार १६:०५

धनुषाको नगराईन नगरपालिकाले आज (सोमबार) देखि लागु हुनेगरि नगरक्षेत्र भित्र लकडाउन गर्ने निर्णय गरेको छ । प्रदेश २ का जिल्लाहरुमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेकाले सावधानी अपनाउन लकडाउन गर्ने निर्णय गरिएको हो ।

नगराईन नगरपालिकाले आजदेखि लागुहुने गरि साउन ३२ गतेसम्मका लागि नगरक्षेत्रभित्र लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख परमेश्वर यादवले जानकारी दिए । यस अवधिमा नगरपालिकाको कार्यालय, सम्पूर्ण वडाकार्यालय, बजार लगायत सम्पूर्ण संघसंस्था तथा कार्यालयहरु पुर्ण रुपले बन्द गर्ने निर्णय भएको प्रमुख यादवले बताए । यस अवधिमा कुनै प्रकारको मेला, सभा–सम्मेलन, भोजभतेर लगायतको काम बन्द गर्न आग्रह गरिएको छ ।

नगरबासीको स्वास्थ्यको सुरक्षाको ख्याल राख्नु स्थानीय सरकारको कर्तव्य रहेको तथा कोरोना संक्रमण समुदायस्तरमा फैलिनसक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिका कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेक अन्य सबै सार्वजनिक सेबाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख यादवले बताए ।

Comment


Related News

Latest News

Trending News