अपडेट 
२०७७ श्रावण २६, सोमबार १६:२०

कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखी एक साताका लागि बढाउने निर्णय गरेको छ ।


जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको बैठकले जिल्ला भर कोरोनाको जोखिम अझै कायमै रहेको निष्कर्ष निकाल्दै आगामी भदौं २ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । यसअघि स्थानिय प्रशासनले साउन ८ गतेदेखी राजविराज नगरपालिका तथा साउन १४ गतेदेखी जिल्ला भरमै साउन २६ गते सम्मका लागि निषेधाज्ञा जारि गरेको थियो । निषेधाज्ञाको म्याद समाप्त हुन लागेको एक दिन अघि बसेको समितिको बैठकले जोखिम कायमै रहेकाले निषेधाज्ञाको म्याद ७ दिने थप्ने निर्णय गरेको छ । सप्तरीमा हालसम्म कोरोनाकै कारण दुई जनाको मृत्यु भइसकेको छ भने सोमबारसम्ममा कुल संक्रमितको संख्या ५ सय ७१ रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । निषेधाज्ञाको म्याद थपिएसँगै हिडडुलमा थप कडाई गरिएको छ ।

Comment


Related News

Latest News

Trending News