अपडेट 
२०७७ श्रावण २६, सोमबार १६:३३

नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ३८ नयाँ संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा आठ हजार चार सय ३२ जनामा गरिएको परीक्षणमा सोमबार तीन सय ३८ जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा एक सय ४० जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार योसँगै कोरोना निको हुनेको संख्या १६ हजार चार सय ९३ पुगेको छ । हाल देशभरका क्वारेन्टाइनमा १० हजार सात सय ५९ जना रहेका छन् ।

Comment


Related News

Latest News

Trending News