अपडेट 
२०७७ श्रावण २६, सोमबार १८:०७

जनकपुरबाट हतियारसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ बस्ने वर्ष २१ का सुजित यायदव रहेको धनुषाका प्रहरी नायव उपरीषक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

ज १ ह ३१९२ नम्बरको टेम्पुमा चिनीको बेरामा पेस्तोल लुकाएर बेच्न लैजाँदै छ भन्ने विशेष सूचनाको आधारमा सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका १० बाह्रविघा नजिकबाट पक्राउ गरेको हो ।

यादवको साथबाट अटोमेटिक पेस्तोल एक थान र त्यमा प्रयोग हुने म्याग्जिन एक थान प्रहरीले बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News