अपडेट 
२०७७ श्रावण २७, मंगलवार ०६:२१

सार्वजनिक यातायात फेरि भदौ १५ गतेसम्म बन्द हुने भएको छ । काठमाडौं उपत्ययसहित मुलुकभर कोरोना संक्रमण बढ्न थालेपछि सरकारले सार्वजनिक यातायात भदौको दोस्रो सातासम्म बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सार्वजनिक यातायात फेरि बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले भदौ १ गते देखि संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान पनि रोक्ने निर्णय गरेको छ । हवाई उडान रोक्ने निर्णय भएको सरकारका प्रवक्ता अर्थ तथा संचारमन्त्री युवराज खतिवडाले जानकारी दिनुभएको छ ।

मन्त्रिपरिषद्ले उद्योग तथा कलकारखाना स्वास्थ्य मापदण्ड र मजदुरको राम्रो व्यवस्थापन गरेर मात्र संचालन गर्न दिने निर्णय गरेको छ । उद्योग तथा कलकारखाना जथाभावी रुपमा संचालन गर्दा कोरोना संक्रमण बढ्ने सरकारको ठहर छ । मन्त्रिपरिषद्ले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ ।

Comment


Related News

Latest News

Trending News