अपडेट 
२०७७ श्रावण २७, मंगलवार १४:१८

प्रदेश २ को विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।


जसअनुसार रौतहटको गरुडा नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको कोरोना रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको गरुडा नपाका स्वास्थ्य संयोजक आनन्द जयसवालले बताए ।


त्यस्तै, सिराहामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सिराहाको एकै वडाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।सुखीपुर नगरपालिकाको वडा नम्बर ९ का ४२, २८, २६, २९, २२, २१ र ३५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाको वडा नम्बर २ मा २५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सो नगरपालिकाको वडा नम्बर ६ का ३४ वर्षीय, वडा नम्बर ९ का २७ वर्षीय, वडा नम्बर १० का ३० वर्षीय र वडा नम्बर १२ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News