अपडेट 
२०७७ श्रावण २८, बुधबार ०६:४०

सप्तरीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मङ्गलबार राती डाकनेश्वरी नगरपालिका छातापुर घर भई राजविराज नगरपालिका ६ बस्ने ८० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा पुर्‍याउने क्रममा ती वृद्धको मृत्यु भएको कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिए ।  ४ दिन पहिले ज्वरो आएपछि चिकित्सककहाँ उपचार गराउन आएका ती पुरुषको  परीक्षणका लागि स्वाब लिइएको थियो । स्वाब परीक्षणको रिपोर्ट मंगलबार साँझ पोजिटिभ आएको थियो ।

संक्रमितलाई एम्बुलेन्समा आइसोलेसन लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रमुख यादवले बताए । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News