अपडेट 
२०७७ श्रावण २८, बुधबार ११:२९

सुनको मूल्य बुधबार एकैदिन तोलामा ६ हजार २ सय रुपैयाले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा उच्च अंकले मूल्य घटेपछि नेपाली बजारमा पनि सुनको मूल्य उच्च अंकले घटेको हो ।

करिब दुई साता अघिदेखि एक लाख रुपैयाँ माथि रहेको छापावाला सुन बुधबार ९५ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस दुई हजार डलरमाथि कारोबार भएको सुन बुधबार एक हजार ८ सय ७८ डलर हाराहारीमा झरिसकेको छ ।

रुसले कोरोना महामारीविरुद्धको भ्याक्सिन पत्ता लगाएको दाबी गरेपछि लगानीकर्तामा अरु क्षेत्रमा आशा बढेसँगै सुनको मूल्यमा उच्च अंकको गिरावट आएको विश्लेषकहरुको अनुमान छ । बुधबार तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको भाउ पनि तोलामा दुई सय २५ रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । सुनचाँदीको मूल्य अझै घट्नसक्ने अनुमान गरिएको छ ।

Comment


Related News