महोत्तरीको मटिहानी बजार बुधबारदेखि सिल गरिएको छ । केही दिन अगाडि मटिहानी नगरपालिका ६ का कोरोना सङ्क्रमित ४५ वर्षीय पुरुषको उपचारको क्रममा गएको सोमबार मृत्यु भएपछि बजार क्षेत्र सिल गरिएको हो ।मृतकको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएकाले मटिहानी बजार क्षेत्र सिल गरिएको मटिहानी नगरपालिकाको कार्यालयले जनाएको छ । सर्वसाधारणलाई मृतकको घर आसपास आवत जावत नगर्न नगरपालिकाले अनुरोध गरेको छ ।
नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार मृतकको दाहसंस्कारमा सहभागी भएका ५६ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्ने तयारी भइरहेको नगरप्रमुख मण्डलले बताउनुभयो ।