अपडेट 
२०७७ श्रावण २९, बिहीबार ०७:३८

महोत्तरीको लोहारपट्टी नगरपालिकामा आज बाट अनिश्चितकालका लागि लकडाउन गरिएको छ । कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको र महोत्तरी जिल्ला समेत यसबाट प्रभावित भई संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गईरहेकाले थप संक्रमणलाई न्यनीकरण गर्न लकडाउन गरिएको नगरप्रमुख शैलेन्द्र कुमार यादवले जानकारी दिए ।

लकडाउनको अवधिमा नगरकार्यपालिकाको कार्यालय र वडाकार्यालयबाट अति आवश्यक स्वास्थ्य सेवा बाहेकका सबै सेवा, व्यवसाय, बैंक तथा वित्तिय संस्था लगायत नगरभित्र आवतजावत गर्न समेत पूर्ण रुपमा बन्देज गरिएको उनले बताए । यस अवधिमा अनुमति प्राप्त सवारी साधन बाहेक सबै प्रकारका निजि सवारी साधन (मोटरसाइकल) समेत सञ्चालन नगर्न तथा सबै प्रकारको मेला, सभा/सम्मेलन, भोजभतेर लगायतको काम बन्द गर्न आग्रह गरिएको छ ।

नगरबासीको स्वास्थ्यको सुरक्षाको ख्याल राख्नु स्थानीय सरकारको कर्तव्य रहेको तथा कोरोना संक्रमण समुदायस्तरमा फैलिनसक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिका कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेक अन्य सबै सार्वजनिक सेबाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख यादवले बताए । सूचनाको पालना नगरिएको पाईएमा कानून बमोजिम कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

Comment


Related News

Latest News

Trending News