अपडेट 
२०७७ श्रावण २९, बिहीबार ११:४४

पछिल्लो समय भारतमा हालसम्मकै धेरै मानिसमा कोरोना भाइरस संक्रमित फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका हुन् ।

यो संख्या भारतमा एक दिनमै संक्रमित हुनेहरुमध्ये हालसम्मकै धेरै हो । यसअघि त्यहाँ जुलाई आठ तारिखमा सबैभन्दा बढी ६५ हजार १ सय ५६ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित हुने देशहरुको सूचिको तेस्रो स्थानमा रहेको भारतमा संक्रमण पुष्टि भएकाहरुको संख्या २३ लाख ९५ हजार नाघेको छ ।

ब्राजिलमा ५८ हजारभन्दा बढीमा संक्रमण हुँदा अमेरिकामा ५४ हजारभन्दा बढी संक्रमित थपिएका छन् । बुधबार विश्वभर २ लाख ७४ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

Comment


Related News

Latest News

Trending News