अपडेट 
२०७७ श्रावण २९, बिहीबार १२:५२

महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ । आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र अरुमा पनि लक्षण देखिएकाले आकस्मिक सेवा बन्द गरिएको अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले जानकारी दिनुभयो । उहाँका अनुसार आकस्मिक बाहेकका सेवा भने खुल्ला नै छ । 

आकस्मिक कक्षका ६ जनामा सङ्क्रमण पुष्टि भएपछि उनीहरुसँग सम्पर्कमा आएका सय जनाभन्दा धेरैको आज कोरोना परीक्षणको लागि स्वाब संकलनको तयारी भएको छ । सङ्क्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा राखिएको पनि संयोजक दासले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News