अपडेट 
२०७७ श्रावण २९, बिहीबार १४:३५

आठ दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्यास्थित राममन्दिरको भूमि पूजामा सहभागी एकजना ८२ वर्षीय महन्थलाई कोरोना संक्रमण भएको छ ।

अयोध्यास्थित तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासलाई कोरोना पोजेटिभ भएको हो । नृत्य गोपाल दास बुधवार जन्माष्टमी मनाउन मथुरा पुगेका थिए । बिहीबार बिहान उनको स्वास्थ्य अचानक बिग्रिएको थियो । मुख्यमन्त्री कार्यालयका कर्मचारी र स्वास्थ्य टोलीले उनी बसेको ठाउँमा पुगेर जाँचेको थियो । त्यहाँ स्वाब लिएर गरिएको परीक्षणमा उनी संक्रमित पाइएको हो । यसैबीच मुख्यमन्त्री योगी आदित्यनाथ फोनमा महन्थको स्वास्थ्यको जानकारी लिएका छन् । योगीले डाक्टर नरेश त्रेहनसँग कुरा गरेपछि उनलाई मेदन्ता अस्पताल भर्ना गर्न भनेका छन् । महन्त नृत्य गोपाल श्रीकृष्ण जन्मभूमि न्यासका अध्यक्ष हुन् ।

कृष्ण जन्माष्टमीमा बुधवार राति श्रीकृष्ण जन्मस्थानमा आयोजित प्राकट्योत्सव कार्यक्रममा सहभागी भएका थिए । हरेक पटक उनी यो कार्यक्रममा सहभागी हुन्छन् । तर यस पटक उनी अयोध्याबाट पवित्र सरयु जल पनि बाल गोपालको अभिषेकका लागि लिएर गएका थिए । उनी कृष्णजीको जन्मस्थानमा अभिषेकको बेला पनि बसेका थिए । उनका शिष्यले नै अभिषेक परम्परा पूरा गरेका थिए ।

बुधवार मध्यराति नृत्य गोपालदास मथुरामा थिए । उनले त्यहाँ कृष्ण जन्मस्थानमा सरयु नदीको जलबाट भगवान श्रीकृष्णको अभिषेक गरेका थिए । यो जल उनले अयोध्याबाट ल्याएका थिए । महन्त गत मंगलवारदेखि मथुराको सीताराम मन्दिरमा बसेका थिए । उनका शिष्य धर्मेन्द्र दासले उनको अवस्था चिन्ताजनक नभएको बताएका छन् । उनलाई श्वास लिन केही समस्या भएको छ । औषधि दिएपछि ज्वरो उत्रिएको छ । उनलाई अक्सिजन पनि दिइने भएको छ ।

Comment


Related News

Latest News

Trending News