अपडेट 
२०७७ श्रावण २९, बिहीबार १८:२८

जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु भोली (शुक्रबार) देखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएको अवस्थालाई दृष्टिगत गर्दै सुरक्षा सतर्कता अपनाउन अर्को सूचना जारी नभएसम्मका लागि यस्तो निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, संस्था दर्ताका साथै पत्रपत्रिका दर्ता र नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालक परिचय वितरण र अन्य अत्यावश्यक नभएका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

त्यस्तै अत्यावश्यक सेवा अन्तर्गत शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य र विपद् व्यवस्थापनसम्बन्धी कार्यहरु सञ्चालन रहने प्रजिअ भट्टराईले जानकारी दिए । संक्रमण बढिरहेका बेला जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकारभित्र रहेर सेवा सटडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।

Comment


Related News

Latest News

Trending News