अपडेट 
२०७७ श्रावण ३०, शुक्रबार ०४:५९

संसारलाई परिबर्तनको संघारमा उभ्याएर मानव सभ्यता एवम् समाजमा युगान्तकारी परिबर्तन गरी यसका सबै पक्षहरुमा मानवीय स्वार्थ पुरा गर्ने किशिमका तत्वहरुको सुनिश्चितीकरण गर्ने काम सँधै शिक्षाले मात्र गर्दा रहेछन । यस्ता कार्यहरु गर्न शिक्षालाई व्यवस्थापन गर्ने कार्य सबै भन्दा महत्वपूर्ण हुन जान्छ । शिक्षालाई मानव जीवनका प्रत्येक पक्षहरुसँग जोडेर लैजानु पर्ने हुन्छ । एउटा सिक्काका दुई पाटाहरु जस्तै एका तिर शिक्षा छ भने यसको अर्को तिर मानव जीवनका समानान्तर पक्षहरुलाई एक अर्कासँग आबद्ध गरेरै राख्नु पर्ने आवश्यक छ । मानव जीवनमा कति खुशी, कति त्रास र कति चुनौतिहरु छन् ती सबैलाई पाठ्यक्रम, पाठ्यसामग्री तथा शैक्षणिक सामग्री निर्माण गर्ने बेलामा ध्यान दिनु पर्ने आवश्यक हुन्छ । शिक्षालाई यस प्रकार व्यवस्थापन गर्न शिक्षाविदहरुका शैक्षिक दर्शन/दृष्टिकोणलाई उनीहरुले स्वतन्त्र रुपले वकालत गर्न सक्दैनन् र शिक्षाको व्यवस्थापन प्रक्रृयामा समेट्न सक्दैनन् । विज्ञसमूहहरुमा पनि वैचारिक हिसाबले मनमुटाब भई रहने, एक अर्कालाई टिक्काटिप्पणी गरेर दोषरोपण गर्न पछि हट्दैन । केही सन्दर्भमा यसलाई स्वाभाविक मान्न सकिएला तर प्रत्येक अवस्थामा यी घट्ना परिघटना उपयुक्त हुँदैन । मानव कल्याणकारी कार्य तथा मानव अस्तित्वको सबालमा जटिल अवस्था सिर्जना हुन थाल्यो भने सबैका बिचारलाई एकिकृत विश्लेषण गरी उत्तम तथा प्रबल विचारलाई स्वीकार गरेर त्यसैलाई सबैले अनुकरण अनुशरण गर्न आवश्यक हुन्छ ।

यस्ता एकीकृत संगठन नगरीकन सबैमा दलगत खिचातानी गरेरै निर्णयमा आउनु शिक्षाको सन्दर्भमा दुर्भाग्य नै ठान्नु पर्दछ । अहिलेको विशवव्यापीकरणको सन्दर्भमा एक अर्का देशहरुमा पनि शिक्षा नीति तथा यसबाट प्राप्त हुने नतिजालाई आ–आफना देशहरुमा फरक–फरक हिसाबले स्वीकार गर्ने होडबाजी नै चलेका छन् । यसलाई स्वाभाविक नै मान्नु पर्दछ । हाम्रो देशका विकासविद तथा योजनाकारहरुको विचारमा सन् २०२२ सम्ममा देशलाई विकासोन्मुख देशको श्रेणीमा ल्याउने लक्ष्यका साथ बढ्दैछौं । यी र यस्ता उद्देश्यहरु पुरा गर्न शिक्षा सबै भन्दा आधार स्तम्भको रुपमा रहेको छ । शिक्षा जहिले पनि देशलाई के चाहिएको हो ? त्यसैमा केन्द्रित हुनु पर्दछ । आजका आवश्यकता तथा समस्यालाई स्थायी रुपले समाधान गर्न शिक्षामा गुणस्तरीयता कायम गर्नु पर्ने हुन्छ । समस्या जहिले पनि मानव जीवनसँग जोडिएको हुन्छ । मानव जीवन भनेको सामाजिक वातावरणसँग आबद्ध भएको हुन्छ । समस्या आफैमा महत्वपूर्ण तथा दुःखदायी हुँदैन, यो समय परिस्थितिमा भर पर्दछ । वर्तमान विश्वस्तरमा कोरोना भाइरस संव्रmमण विस्तारलाई यी सन्दर्भमा विश्लेषण गर्न महत्वपूर्ण विषयवस्तु बनाउन सकिन्छ । कोरोना भाइरसको संक्रमणबाट सबै भन्दा बढी प्रभावित शिक्षा नै भएको छ । यसबाट तत्काल पार पाउन कठिन अवस्थाहरुको सामना गर्न परि रहेको छ । जे–जस्ता प्रयासहरु गरे पनि यसलाई निर्मुल तथा न्यून गर्न हामीलाई धौ–धौ परि रहेको छ । संसारका जुनसुकै क्षेत्रमा भएका समस्यालाई जडै देखि समाधान गर्न सबै भन्दा महत्वपूर्ण साधन भनेको शिक्षा नै हो । शिक्षालाई अधिकांश अवस्थामा साधन तथा साध्य दुबै रुपमा व्यवहार गर्न सकिन्छ । शिक्षालाई जीवनोपयोगी बनाउन आवश्यक हुन्छ ।

जीवनोपयोगी शिक्षाको अर्को नाम गुणस्तरीय शिक्षा पनि हो । यसलाई सबैले बुझने गरी भन्नु पर्दा शिक्षाबाट प्राप्त ज्ञान, सीपहरुलाई शिक्षित व्यक्तिले आप्mना जीवनका सन्दर्भहरुमा प्रयोग गर्न सक्नु पर्दछ । घोकन्ते रटन्ते शिक्षा जसलाई सुगा रटाई पनि भनिन्छ । ज्ञानलाई उपयोगी व्यवहारमा रुपान्तरण नगरेसम्म गुणस्तरीय शिक्षाको रुपमा व्यवहार गर्न सकिन्न । हाम्रा अभिभावकहरु पनि यसमा भ्रमित भएरै आप्mना सन्तानहरुाबाट गर्नै नहुने अपेक्षा गर्न थालेका छन् । वहाँहरुलाई पनि जे–जस्तो भए पनि आफना सन्तानबाट भौतिक सुख सुविधाका कुराहरु बढी अपेक्षा गरी रहने अवस्था रही रहेकै छ । अहिलेको युगमा शिक्षालाई विश्वस्तरीय वातावरणमा आपूmलाई समायोजन गर्न सक्ने कलाहरुको विकासलाई बढी महत्वका साथ हेरिएका छन् । यसलाई स्वाभाविक नै मान्नु पर्दछ । विश्वव्यापीकरण सन्दर्भमा शिक्षाका बारेमा चर्चा गर्दा शिक्षा प्रदान गर्ने माध्यम के हुने हो ? विषयवस्तुहरुको तहगत छनौट तथा संगठन कसरी गर्ने हो ? शिक्षणका प्रविधिहरुलाई कसरी प्रयोगमा ल्याउने ? विषयगत तथा वस्तुगत सन्दर्भहरुलाई कसरी समायोजन गर्ने ? समाजबाट उत्पन्न भएका ज्ञान गुणका पक्षहरुलाई कसरी व्यवस्थित गर्ने ? यस्ता पक्षहरुलाई बढी ध्यान दिई विज्ञ विशेषज्ञहरुको सहभागितामा शिक्षाका पाठ्यव्रmम लगायतका सामग्रीहरुको विकास गर्न अनिवार्य भएका छन् । हामीमा भएका परम्परागत विधि, उपायहरुलाई अहिले सम्म व्यवहारमा ल्याई रहने वाध्यता थियो । अब हामी यसबाट माथि उठ्नु पर्ने हो । जब सम्म हाम्रो शिक्षा प्रणालीमा सुधार गरिदैन तब सम्म यसबाट व्रmान्तीकारी परिबर्तनको अनुभुती गर्न सकिन्न । परम्परागत अभ्यासलाई मात्र प्रयोगमा ल्याउन बिभिन्न चुनौति अवरोधहरुको सामना गर्नु परि रहेको छ ।

यसमा अपेक्षित सुधारका लागि सामयिक परिबर्तन आवश्यक भएको छ । यस कार्यमा शिक्षा प्रणालीसँग आबद्ध भएका सरोकारबालाहरुको अर्थपूर्ण सहभागिता आवश्यक भएको छ । शिक्षाको बारेमा बिभिन्न दार्शनिक शिक्षाविदहरुको मत संकलन गर्दा अधिकांशले सामाजिकतालाई शिक्षाका मुख्य सन्दर्भ बनाएको देखिन्छन् । समाजका अवस्थालाई वर्तमान, भुतलाई विश्लेषण गरी भविष्यलाई आँकलन गरेर शिक्षाका मार्ग कोर्नु पर्ने मत राखेका देखिन्छन् । वर्तमान अवस्थालाई टेकेर भविष्यमा कहाँ पुग्ने हो ? त्यसलाई सुनिश्चित गन्तव्यको रुपमा निर्धारण गरेर शिक्षाका नीतिहरु ( लक्ष्य/उद्देश्यहरु ) तर्जुमा गर्नु पर्दछ र त्यसको आधारमा बिषयवस्तुहरुको छनौट तथा संगठन गर्ने काम विज्ञहरुले गर्दछन् । शिक्षाका नीति निर्धारण गरेर त्यसलाई पूर्णता दिन अन्य व्यवस्थापन, संगठन, प्रशासन, सुपरिवेक्षण, अनुगमन तथा सहायताका कार्यहरु भए पछि मात्र तोकिएका लक्ष्यलाई तोकिएका समयावधि पश्चात प्राप्ती गर्न हामी सफल हुन्छौं । लक्ष्य जहिले पनि राष्ट्रको हुन्छ केही हदसम्म लक्ष्य अन्तर्राष्ट्रियको पनि हुन्छ । यसलाई कसैले तोडेर, मोडेर, परिबर्तन गरेर प्रयोगमा ल्याउन सक्दैन । यदि कसैले यसलाई बेवास्ता गरी प्रयोगमा ल्याउँछन भने त्यो दण्डणीय अपराध हुन जान्छ । हामी र हाम्रा राष्ट्र यस सन्दर्भमा लचिलो भई रहेको अवस्था छ । शिक्षाका मार्गचित्र उच्च निकायले कोर्दछ भने त्यसलाई अभ्यासमा ल्याउने सबै सरोकाारबालाहरुको राष्ट्र धर्म हुन जान्छ । अबका शिक्षा पहिलेकै अभ्यासलाई निरन्तरता दिई रहनु पर्ने अवस्था छैन । कुनै सशक्त बिकल्प छनौट नगरी भएन । आधुनिक शिक्षा प्रणाली प्रबिधिमा आधारित शिक्षा प्रणालीलाई विश्वस्तरमा स्वीकारोक्तीको आधारमा मान्नु पर्ने हो । वर्तमान प्रबिधिको युगमा सामाजिक सन्दर्भलाई ख्याल गरेर शिक्षा व्यवस्थापन गर्न आवश्यक छ । बिकल्पहरु मध्ये हामीले प्रयोगमा ल्याउन सक्ने बिकल्पहरु यस प्रकारका छन् ÷ हुन सक्दछ । विद्यालय तथा सामाजिक परिबेशमा बालवालिकाहरुको शिक्षामा सहज पहुँचका लागि सूचना सञ्चारका प्रबिधिहरुमा आधारित सामग्रीहरुको स्थापना गरी तोकिए कै समयमा तोकिएका वालवालिकाहरुलाई उपस्थित गराएर विज्ञहरुको नियन्त्रणमा शिक्षण प्रशारण केन्द्रहरुबाट श्रव्य तथा श्रब्यदृश्य कक्षाहरु प्रशारण गर्ने व्यवस्था राज्यले मिलाउनु पर्दछ । ती विद्यार्थी भेला हुने स्थानहरु ( विद्यालय तथा सामाजिक केन्द्रहरु ) मा प्रशासनिक तथा सुरक्षा प्रदान गर्ने व्यक्तिहरुको व्यवस्थापन आवश्यक हुन जान्छ । बाँकी कार्य घरमै गएर गर्नु पर्ने हुन्छ । घर–घरमा बसेर सिकाइ कार्यमा पोख्त हुन अभिभावकीय प्रत्यक्ष निगारनीको आवश्यकता हुन जान्छ । सामाजिक सञ्जालहरु इन्टरनेटको प्रयोग गरेर आनलाइन कक्षाको नाममा अधिकांश अभिभावकहरु ठगिएका छन् । राज्य कै तर्फबाट टोल–टोलहरुमा अगुवा शिक्षकको व्यवस्थापन गर्न सकिन्छ । शिक्षक भन्दा स्वयंसेवक शिक्षकहरुको परिचालन गर्न सकिन्छ ।

यस प्रकार विज्ञ शिक्षकहरु कक्षामा मात्र बसेर सम्भव छैन स्टुडियोमा गई तथा कक्षाको अडियो भिडियो रेकर्ड गराई कक्षा प्रशारणको व्यवस्था मिलाउन सकिन्छ । यसलाई एक पटक व्यवस्थापन गरी सके पछि पटक– पटक गरी रहनु परेन । आर्थिक हिसाबले पनि सहज र किफायति नै हुन्छ । यी अभ्यास÷प्रयासलाई सँधैका लागि स्थापना गर्न सकिन्छ । यस्ता महामारी भई रहने वा नभएका बेलामा पनि ज–जस्को शिक्षामा पहुँच नभएर उनीहरुका लागि खुला सिकाइ पद्धतिको माध्यमबाट शिक्षाको पहुँच सुनिश्चित गर्नलाई झनै प्रभावकारी बनाउन सकिन्छ । अहिले हाम्रा बालवालिकाहरु अत्यन्तै कठिन मोडमा उभीरहेका अवस्थामा छन् । यि अवस्थामा भएकाहरुलाई सिकाइ सुचारु गर्न धेरै गलत अभ्यासहरु प्रचलन भई रहेका छन् । विद्यालय होइन, ट्यूशन, कोचिड्ग कक्षाहरु गैरकानूनी किशिमले कार्यहरु गर्नेहरु प्रशस्त छन् । यस्ता कार्यहरुको नियन्त्रण तत्काल गर्नका लागि आवश्यक पहल गर्नु पर्दछ । विद्यालयमा गरिने अभ्यासहरु पाठ्यव्रmम अनुकुल भएको छ वा छैन त्यसलाई नजिकै बाट निगरानीको आवश्यकता छ । युरोपका देशहरुमा अभ्यासमा रहेका नयाँ शिक्षा प्रणालीका तहहरु ९ ब्(ीभखभ,ि इ(ीभखभ ि० मा पनि भर्नाका लागि हाम्रो नेपाली समाजको पनि प्राथमिकतामा पर्न थालेको तथ्यलाई राम्रै मान्नु पर्ने हो । यसमा आकर्षित हुने अभिभावकहरुले आप् mना सन्तानलाई हाम्रै परिबेशमा राखी रहने वा अन्य बैदेशिक श्रम बजारमा पठाउने हो । अन्य परिबेशमा पठाएर हामीलाई के कति लाभ र हानी हुन सक्दछ, यसको बारेमा गम्भीर भएरै विश्लेषण गर्नु पर्ने हुन्छ । बिकल्प धेरै भएर कुनलाई बढी महत्वका साथ प्रयोगमा ल्याउन आवश्यक नियम, कानून तथा निर्देशिकाहरु तयार गरी नियमनको पाटोमा सबै स्पष्ट हुनु पर्ने खाँचो पनि छ ।

Comment


Related News

Latest News

Trending News