२०७७ श्रावण ३०, शुक्रबार ०७:३२

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य अच्युतम काफ्लेलाई कोरोना संक्रमण पुष्टि भएको छ। सर्लाहीको हरिवन निवासी ६८ वर्षीय नेता काफ्लेलाई बिहीबार राति संक्रमण पुष्टि भएको हो।

समुदायमा संक्रमण फैलिएको आशंकामा हरिवन नगरपालिकाले २६ साउनमा नगर क्षेत्रका चार सय २० जनाको स्वाब संकलन गरेको थियो। त्यसमध्ये नेता काफ्लेसहित २२ जनामा कोरोना संक्रमण देखिएको मेयर गणेश प्रसाईंले जानकारी दिए। संक्रमण पुष्टि भएका केन्द्रीय सदस्य काफ्ले हाल हरिवनस्थित आफ्नै घरमा छन्।

Comment

Related News

Latest News

Trending News