अपडेट 
२०७७ श्रावण ३०, शुक्रबार ११:५५

कोशी अस्पताल विराटनगरमा अर्का एक ३० वर्षीय युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय गुप्ता थरका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।विराटनगरका युवकलाई बिहीबार बिहान कोशी अस्पताल भर्ना गरिएको थियो । उनको बेलुका आइसोलेसनमा मृत्यु भएको र कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

Comment


Related News