अपडेट 
२०७७ श्रावण ३०, शुक्रबार १२:०७

भारतको केन्द्र प्रशासित प्रदेश जम्मु कश्मीरको श्रीनगरनजिक नौगाममा सुरक्षाकर्मीउपर आतङ्ककारी हमला भएको छ । हमलामा दुई प्रहरीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शुक्रबार बिहान श्रीनगरको बाहिरी क्षेत्र नौगाम नजिकको बाईपासमा सुरक्षाकर्मीउपर हमला भएको हो । दुई प्रहरीको घटनास्थलमै मृत्य भएको त्यस हमलामा आतङ्ककारी समूह जैश ए मोहम्मद को संलग्नता रहेको हुनसक्ने त्यहाँको प्रहरी अधिकारीले बताएका छन् । स्मरणीय छ केही दिनयता जम्मू कश्मीरमा सुरक्षाकर्मीउपर आक्रमण तीव्र रुपमा हुन थालेको छ । दुई दिनअघि बारामुलाको सोपोरमा सेनाको एक टोलीउपर हमला हुँदा एक सैनिक घाइते भएका थिए ।

आतङ्ककारी समूहले सेना र जम्मू कश्मीर प्रहरीको साझा टोलीउपर अन्धाधुन्ध गोली प्रहार भएको थियो । भारतीय सुरक्षाकर्मीले आतङ्ककारी समूहलाई जवाफी फायरिङ गरेपछि सो समूह भागेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News