अपडेट 
२०७७ श्रावण ३०, शुक्रबार १६:३७

नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २५ हजार पाँच सय ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट चार जनाको ज्यान गएकाे छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ९९ पुगेको छ ।

त्यसतै पछिल्लो २४ घण्टामा दुई सय ४० जना कोरोना भाइरस संक्रमित निको भएका छन् । देशका विभिन्न अस्पतालमा आइसोलेसनमा उपचार गराइरहेका दुई सय ४० जना कोरोना निको भएर डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस निको हुनेको संख्या १७ हजार ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

Comment


Related News

Latest News

Trending News