अपडेट 
२०७७ श्रावण ३०, शुक्रबार १८:५४

धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर-४ का ५० वर्षीय पुरुष छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार श्वास प्रश्वासमा समस्या देखिएका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । तर, यहाँबाट बिहीबार काठमाडौं रेफर गर्दा बाटोमै उनको मृत्यु भएको मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए । उनलाई बिहीबार दिउँसो १ बजे रेफर गरेको र ३ बजे नै मृत्यु भएको पाइएको झाले बताए ।

Comment


Related News

Latest News

Trending News