अपडेट 
२०७७ श्रावण ३१, शनिबार ०६:१९

पर्व–त्यौहारको मौसम सुरु भएसंगै ब्लग : मुलुकमा कोरोना कहर उत्कर्षमा पुगेको छ । एक साता यता झण्डै २५ जनाको ज्यान कोरोना संक्रमणबाटै गएको छ । गत बुधवार एकै दिन देशले सर्वाधिक १० जना नागरिकको ज्यान गुमाए ती दश मध्ये धनुषाका दुई तथा प्रदेश २का ६ जना थिए । तर विडम्बना हाम्रा दश जना प्रियपात्र कोरोनाको बलि चढेको दिन गाउ“हरुमा भने धूमधामसंग कृष्णाष्टमी मेला आयोजन गरियो । नाच–तमासा भए । सामाजिक दूरी, मास्क , सेनीटाईजरको ख्याल मेला–ठेला, नाच–तमासामा राख्नु सम्भव हुदै होईन । राखिएन पनि । रंगारंग सांस्कृतिक कार्यक्रमहरुमा नटुवाहरुले गाए– ‘ ईमान डोल जाएगें….. ’ । यता दिलफेक दर्शकहरु कमर मडकाई मडकाई ठुमका लगाए । चन्दा पत्तीबाट आयोजन गरिएका ती मेला समितिका अगुवाहरु राति सोमरससहितको भोजभतेर गरे । उता जनही गाडी र मोटरसायकलका लागी मरिहत्ते गर्ने स्थानीय सरकार प्रमुख , उपप्रमुख तथा वडाध्यक्षहरु भने क्वारेन्टाईनका लागी खरीद गरिएका जाजिम,तन्ना तथा तकियाको खोलको हिसाब मिलानमा व्यस्त थिए । यहा“ तीनवटा घटना उल्लेख गर्न चाहन्छु –
पहिलो : महोत्तरी जिल्लाको सोनमा : भव्य कृष्णाष्टमी मेला आयोजन गरिएको थियो । ईमान डोलाउने खालका रंगारंग कार्यक्रम पनि थियो । नटुवासंगै सिंगै कार्यक्रमस्थल झुमिई रहदा सुरक्षाकर्मीलाई सूचना भयो । सुरक्षाकर्मी आफ्नो न्युनतम दायित्व निर्वाह गर्दै मेला स्थल आए । अनि भिडभाड नगर्न तथा नाच गान बन्द गर्न आग्रह गरे । पैसो तिरेर ल्याएका नटुवालाई सित्तैमा पैसा तिर्ने कुरै भएन । स्थानीयवासी आक्रोशित भए । आफूलाई पहिचानवादी पार्टीका हिमायती बताउने एक युवक चिच्याए – ‘ कृष्णाष्टमी हाम्रो संस्कृति हो । यिनीहरु हाम्रो संस्कृतिमाथि प्रहार गर्न आएका हुन । ’ आन्दोलनको नाममा हुरुक्कै हुने विचरा जनता जनार्दन , जोसमा आए । प्रहरीलाई लखेट्न थाले । वाध्य भएर प्रहरीलाई भाग्नु पर्यो ।
दोश्रो : धनुषा औरही गाउपालिकाको पौडेश्वर : त्यहा पनि कृष्णाष्टमी मेलाको धुम थियो । असलमा ईमान डोल जाऐगें गीत त्यही मेलाको हो । सयौं बाल–बालिका, युवा–युवती, महिला–पुरुष तथा प्रौढ–प्रौढाको उपस्थितीमा नटुवा नचाईदै थियो । सबका सब हौसिदै कम्मर मडकाई रहेका थिए । सम्भवतः मेला आयोजक ठुलै राजनीतिक दलका नेता थिए होलान् – कोरोना कहरमा पनि नाच रोक्न प्रहरी आएनन् । मज्जाले नाच तमासा भयो । राति भोज भतेर पनि भएकै होला ।
तेश्रो ः:महोत्तरीको जलेश्वर तरकारी बाजार : दोश्रो चरणमा कोरोना संक्रमितको संख्या बढन थाले पछि स्थानीय सरकारले जिल्ला प्रशासन कार्यालयसंगडको सहकार्यमा अ– आफ्ना भूगोलभित्रका निर्धारित स्थानहरुमा निषेधाज्ञा जारी गर्ने , बाजार खोल्न समय सीमा निर्धारण गर्ने , स्वास्थ्य सम्बन्धी निर्देशनहरु जारी गर्ने गरेको छ । स्थानीय प्रशासनले तरकारी बाजारमाथि रोक लगाएको अवस्थामा जलेश्वरमा बाजार लगाइयो । सुरक्षाकर्मीले हस्तक्षेप गरे । अनि क्रेता–बिक्रेता मिलेर सुरक्षार्कीको प्रतिकार गरे । ठुलै हो– हल्ला भयो । स्थानीय प्रशासनले केही पसलेमाथि मुद्दा चलाउने तयारी गरे तर राजनीतिक हस्तक्षेप भयो । झिना मसिना विषयमा पनि मुद्दा चलाउने ? होनहार स्थानीय युवकहरुले प्रहरी बर्बरता विरुद्ध सामाजिक संजालमा नानाथरि लेखे । यसका अतिरीक्त चैत १० गतेदेखि सुरु भएको बन्दाबन्दीको क्रममा मूलधारका राजनीतिक दलहरुले पटक–पटक पार्टी प्रवेश कार्यक्रम आयोजन गरेको छ । सत्ताधारी नेकपाको घरि सचिवालय त घरि स्थायी समिति बैठक बसेको छ । राजनीतिक दलहरुका केन्द्रिय , क्षेत्रीय तथा जिल्ला भेलाहरुको आयोजन पनि भएका छन् । प्रदेश २ को सत्ताधारी राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष समेतको सहभागितामा हालै लाहानमा
भव्य पार्टी प्रवेश कार्यक्रम आयोजन गरिएको थियो । शुक्रवार नेपाली काग्रेसले धनुषाको महेन्द्रनगरमा सामाजिक दूरीको ख्यालै नगरी विरोध प्रदर्शन गर्यो । कोरोना भाईरस सर्ने अनेकौ माध्यम छन तर मुख्य माध्यम भने ड्रपलेट ( अर्थात् मुखबाट निस्किने छिटा ) लाई मानिएको छ । संक्रमितको मुखबाट निस्किने ड्रपलेट जुनसुकै माध्यमले अर्को स्वस्थ्य व्यक्तिको मुख,आंखा वा नाकसम्म पुग्न सफल भयो भने । त्यो मानिस संक्रमित हुने संभावना हुन्छ । यसै कारण चिकित्सकहरु मुख,नाक ढाक्नेगरी मास लगाउने तथा पटक पटक सावुन पानीले हात धुने निर्देशन दिन्छन् । सीधा शब्दमा भनौ भने भौतिक दूरी , मासको प्रयोग तथा सर सफाई कोरोना विरुद्धको सर्बाधिक कारगर हतियार हुन् । तीनै तहका सरकार यी विषयवस्तु बारे मनग्यै प्रचार प्रसार गरेको छ । करौडो खर्च पनि गरेको छ तर उपलब्धी हामी मेलामा हेर्दै छौं । नेताजीहरु सहभागी रहेका पार्टी प्रवेश कार्यक्रम तथा विरोध प्रदर्शनहरुमा हेर्दै छौं । चार महिनाको बन्दा बन्दी तथा निषेधाज्ञा तीनै तहका सरकारको लागी अवसर थियो । स्वास्थ्य सेवा विस्तार गर्ने अवसर । कोरोना विरुद्ध जनजागरण गर्ने अवसर , आफै र आफ्ना मतदाताहरुलाई जिम्मेवार बनाउने अवसर तर सरकार तथा राजनीतिक दलहरु चुके । मुख्य धारका तीनवटै पार्टीको सांगठनिक संरचना प्रदेश २ को वडासम्म छ । फेरी अचेल स्थानीय तहमा आफै कानून बनाउने सक्ने तथा वजेट परिचालन गर्न सक्ने अधिकार सहितको स्थानीय सरकार पनि छ तर ती स्थानीय तहका प्रमुख , उपप्रमुख तथा वडाअध्यक्षहरु आफ्ना टोलमा हुने भोज भतेर , मेला ठेला तथा नाच तमासामा हुने गैरकानूनी जमघटलाई रोक्न सक्दैन भने उनिहरुको कुनै काम छैन । फेरी तिनै स्थानीय तहका जनप्रतिनिधिहरुसंग दिनै पिच्छै हिसाव मांग्न जाने युवाहरु आफ्नै टोल छिमेकमा हुने यस्ता जमघटलाई रोक्न के गरि रहेका छन ? कोरोनासंग एक्लै जित्न सकिन्न । सबैको सहयोग जरुरी छ । हामी सबैले बुझ्नु पर्ने कुरा यही हो ।

Comment


Related News

Latest News

Trending News