अपडेट 
२०७७ श्रावण ३१, शनिबार १९:४०

कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ ।वीरगञ्ज-२६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

शनिबार बिहान ७ बजे नारायणी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए । उनलाई एकसातादेखि ज्वरो आउनुका साथै स्वासप्रश्वासमा समस्या देखिएको परिवारजनले बताएका छन् ।

अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले समयमै उपचारका लागि अस्पतालमा नल्याउँदा विरामीको मृत्यु भएको बताए । ‘गाउँकै क्लिनिकमा उपचार गराइरहेका रहेछन् । तीन दिनदेखि स्वासप्रस्वासमा समस्या आएको रहेछ’ डा. सिंहले अनलाइनखबरसँग भने, ‘उपचारका लागि समयमै अस्पताल नल्याउँदा दुर्घटना भयो ।’

Comment


Related News

Latest News

Trending News