अपडेट 
२०७७ श्रावण ३२, आईतवार १८:४६

जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार राति १२ बजेदेखि लागु हुने गरि साउन ७ गते राति १२ बजेसम्मको लागि लकडाउन घोषणा गरेको छ । धनुषा जिल्लामा दिन प्रतिदिन बढ्दै गएको कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै लकडाउन बढाउने घोषणा गरिएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६।३ बमोजिम जिल्ला भरि लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । बिहान १० बजेसम्म पसल व्यवसाय संचालन गर्न पाउने प्रमुख जिल्ला अधिकारी प्रमेम प्रसाद भट्टराईले जारी गरको सूचनामा उल्लेख छ । व्यवसाय संचालकहरुले मास्क, ग्लोब्स, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्नु पर्ने र समाजिक दुरी मेन्टन गर्न भिनिएको छ । उपभोक्ता वा ग्राहकलाई मास्क नभएको खण्डमा व्यवसायीले उपलब्ध गराउनु पर्ने नियम जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाममा कोरोना संक्रमणको जोखिम बढेपछि गत साउन १९ गते रातिदेखि निषेधाज्ञा जारी गरेको थियो । जनकपुरदेखि क्षिरेश्वरनाथ नगरपालिकासम्म जारी गरिएको निषेधाज्ञा दोश्रो पटक साउन २५ गते थप गरिएको थियो । तर जिल्ला भरि नै कोरोना संक्रमणको जोखिम अझै बिद्धमान रहेकाले आइतबार रातिदेखि जिल्ला भरि नै एकसाताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

Comment


Related News

Latest News

Trending News