अपडेट 
२०७७ श्रावण ३२, आईतवार १९:०२

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ पुनः बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको जनाउँदै निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

इण्डियन आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्य सूची अनुसार मूल्य केही हेरफेर भएको हो । मूल्य समायोजन पश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ, डिजेल र मटितेल ९१ /९१ रुपैयाँ कायम गरिएको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

Comment


Related News

Latest News

Trending News