२०७७ भाद्र १, सोमबार ०६:५०

त्रिभुवन विश्वविद्यालयले कोरोना स‌क्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस आगामी भदौ १५ गतेसम्म बन्द गर्ने भएको छ। त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले आज सूचना जारी गरी शिक्षक तथा कर्मचारीले आफ्नो प्रमुखसँग सम्पर्कमा रही घरबाटै काम गर्ने, भर्चुअल कक्षा सञ्चालन गर्ने र जनसम्पर्क हुने सेवाका कार्य बन्द गर्ने जनाएका हुन्।

यस्तै मातहतका अस्पताल र सेवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने सूचनामा उल्लेख छ।

Comment

Related News

Latest News

Trending News