अपडेट 
२०७७ भाद्र १, सोमबार १४:०६

कोरोना भाइरसको संक्रमण पुष्टि भएका फेरी एक जना पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यू भएको छ ।

धनौजी गाउँपालिका ३ का ६५ वर्षीय बीर मोहम्मद अन्सारीको कोरोनाबाट मृत्यू भएको धनुषाका एसपी रमेश बस्नेतले जानकारी दिए । श्वासप्रश्वास, रुघाखोकी जस्ता समस्याले ग्रसित संक्रमित पुरुषको सोमबार दिउँसो मृत्यु भएको हो ।

योसँगै प्रदेश २ मा कोरोनाबाट मृत्यू हुनेको संख्या ४६ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News