अपडेट 
२०७७ भाद्र १, सोमबार १९:०५

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा  प्रकाशित भएकाे छ ।  राष्ट्रिय परीक्षा बोर्डले साेमबार साँझ एसईई) नतिजा  ‘रिजल्ट गरेकाे हाे ।  नतिजा स्कुलमै पठाइएकाे राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार परीक्षार्थीले आफ्नो स्कूलमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन् ।

गएको ६ चैतका लागि निर्धारित भएको एसईई परीक्षा कोरोना भाइरस संक्रमणको कारण स्थगित भएको थियो । कोरोनाको संक्रमण नरोकिएपछि सरकारले यस वर्ष एसईई परीक्षा स्थगन गर्दै मापदण्ड बनाएर विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो ।  यसवर्ष देशभर एसईईका लागि ४ लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन फर्म भरेका थिए । आवेदन दिएका सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।

विद्यालयले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय इकाईमार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षक मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।

Comment


Related News

Latest News

Trending News