अपडेट 
२०७७ भाद्र २, मंगलवार ०९:५४

चितवनमा सशस्त्र प्रहरीका ४२ जनासहित ५० जनामा कोरोना संक्रमण देखिएको छ ।भरतपुरमा रहेको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षण उनीहरुलाई कोरोना संक्रमण देखिएको हो । प्रयोगशालाका अनुसार ३ सय ५५ जनाको स्वाब नमुना परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको हो। जसमध्ये सशस्त्र प्रहरीको चितवन भण्डारास्थित गणका दुई महिलासहित ४२ र भरतपुर महानगरपालिकाका चार महिला छन् ।

बाँकी मकवानपुरकी एक महिला, बाराका एक महिला र पुरुष तथा गोरखाकी एक महिला हुन् । उनीहरू भरतपुरकै अस्पतालहरूमा उपचार गराउन आएका बिरामी हुन् । चितवनमा एकै दिन थपिएका बिरामीको यो संख्या अहिलेसम्मकै बढी हो । सशस्त्र प्रहरीको भण्डारास्थित गणमा मात्र ५० जना संक्रमित भइसकेका छन् । पहिले आठ जनामा संक्रमण भेटिएपछि ६० जनाको स्वाब संकलन गरेर पठाएकोमा थप ४२ जनामा संक्रमण भेटिएको गणका प्रमुख डीआईजी मन्दिप श्रेष्ठले जानकारी दिए ।

अहिलेसम्म चितवनमा संक्रमितको संख्या २ सय ५५ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News