अपडेट 
२०७७ भाद्र २, मंगलवार १९:४०

पूर्वी चितवनको खैरहनीमा कोरोना संक्रमणबाट एकजना वृद्धाको मृत्यु भएको छ । खैरहनी नगरपालिका-३ कि १०९ वर्षकी वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । वृद्धाको गएराति पौने एक बजे नै मृत्‍यु भएको उनका नाति कमल पाठकले जानकारी दिए ।

१२ दिनदेखि बिरामी भएकी वृद्धाको सोमबार स्वाब संकलन गरी भरतपुर कोभिड ल्याबमा जाँचका लागि पठाइएको थियो । उनको द्रुत तरिकाबाट जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको भरतपुर कोभिड ल्याबले जनाएको छ । परिवारकै सदस्यबाट वृद्धामा कोरोना भाइरस सरेको अनुमान गरिएको छ ।

Comment


Related News

Latest News

Trending News