अपडेट 
२०७७ भाद्र ३, बुधबार ०६:२३

आज भाद्रकृष्ण औंशी अर्थात् कुशे औंसी पर्व मनाईंदैछ ।  नेपालीहरुको महान चाड कुशे औँसी आज वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश भित्रयाउने परम्पराका साथ मनाइदै छ ।

आज बुबाको मुख हेर्ने दिन भएकोले गर्दा यस पर्वमा छोराछोरीले बाबुलाई आदर सम्मान गर्ने गर्दछन् ।  पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । यस पर्बलाई हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रुपमा मान्ने गर्दा छन ।

Comment


Related News

Latest News

Trending News