अपडेट 
२०७७ भाद्र ३, बुधबार १४:१७

भारतीय अभिनेता सुशांत सिंह राजपूतको मृत्युबारे त्यहाँको सीबीआई अनुसन्धान गर्ने भएको छ । भारतको सर्वाेच्च अदालतले मंगलबार सुशान्त सिंहको मृत्युबारे सीबीआईले अनुसन्धान गर्ने फैसला सुनाएको हो ।

सर्वाेच्चको यो फैसलासँगै भारतको महाराष्ट्र सरकार र सुशान्तका प्रेमिका रिया चक्रवर्तीलाई ठूलो झटका लागेको छ । सीबीआई अनुसन्धानप्रति इन्कार गर्दैआएको शिवसेनाको महाराष्ट्र सरकारलाई यो फैसलासँगै बाध्यता उत्पन्न भएको छ । महाराष्ट्र सरकारले सीबीआईको सट्टा महाराष्ट्र प्रहरीलाई अनुसन्धान गर्न दिनुपर्ने अडान राख्दै आएको थियो । महाराष्ट्र प्रहरीले त्यस विषयमा अनुसन्धानको निष्कर्ष निकाल्न असफल देखिएको छ ।

सर्वाेच्चका न्यायाधीश ऋषिकेश रायको इजलासले बिहार राज्यको प्रहरीले दर्ता गरेको जाहेरीलाई पनि सही ठहराएको छ । रियाले पनि बिहारमा दर्ता भएको जाहेरी महाराष्ट्र प्रहरीलाई सुम्पिन माग गर्दै आएकी थिइन । त्यस विषयमा सर्वाेच्चले इन्कार गरेको छ ।

Comment


Related News

Latest News

Trending News