अपडेट 
२०७७ भाद्र ३, बुधबार १६:४०

नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभरका ३९ वटा प्रयोगशालामा ११ हजार पाँच सय २२ जनामा गरिएको परीक्षणमा बुधबार ६ सय ८१ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये दुई सय १६ जना महिला र चार सय ६५ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा एक सय २० जना कोरोना संक्रमित निको भएसँगै हालसम्म कोरोना निको हुनेको संख्या १७ हजार सात सय पुगेको छ । हाल देशभरका क्वारेन्टाइनमा १३ हजार पाँच सय ७१ जना रहेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News