अपडेट 
२०७७ भाद्र ४, बिहीबार १४:२६

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । तीमध्ये १३ जना चिकित्सक छन् ।

अस्पतालका कोभिड इन्चार्ज डा। सन्तकुमार दासका अनुसार शिक्षण अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ७० जनामा कोरोना भाइरसको संक्रमण भएको हो । हिजो साँझ १७ जनामा कोरोना पुष्टि भएको बताउँदै उनले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा अहिले अस्पताल प्रशासन छलफलमा रहेको जानकारी दिए ।अस्पतालमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण भएसँगै उपत्यकाका तीनवटै जिल्लामा जोखिम बढेको छ ।

संक्रमितमध्ये केही स्टाफ आवतजावत गर्ने गाडीका चालक र सहचालकसमेत छन् । उनीहरु अस्पतालकै सवारी साधनमा आवतजावत गर्छन ।

Comment


Related News

Latest News

Trending News