अपडेट 
२०७७ भाद्र ४, बिहीबार २०:३०

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका थप ११ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार आएको रिपोर्ट अनुसार मन्त्रालयका ३५ वर्षीया एक महिला र २७ देखि ३८ वर्षका १० जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये मन्त्रालयका लेखा अधिकृतसहित लेखा फाँटका ३ जना कर्मचारी छन् । अन्य कर्मचारी विभिन्न पदमा कार्यरत रहेको मन्त्रालय श्रोतले जनाएको छ ।

यसअघि पनि यो मन्त्रालयका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Comment


Related News

Latest News

Trending News