अपडेट 
२०७७ भाद्र ५, शुक्रबार ०६:१६

भारतमा गएको २४ घण्टामै ६८ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएकाे छ ।

भारतमा एकैदिन ६८ हजार पाँच सय भन्दा धेरैमा कोरोना सङ्क्रमण भएको र नौ सय ८१ जनाकाे ज्यान गएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । भारतमा अहिलेसम्म २९ लाख चार हजार भन्दा धेरैमा सङ्क्रमण हुँदा ५४ हजार नौ सय ७५ जनाको ज्यान गैसकेको छ । यस्तै गएको २४ घण्टामा कोरोना भाइरसबाट ब्राजिलमा ११ सय १५ जना र अमेरिकामा नौ सय ८५ जनाको ज्यान गएको छ । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट एकैदिन पाँच हजार छ सय १७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या सात लाख ९५ हजार आठ सय भन्दा धेरै भएको छ ।

दुई करोड २८ लाख आठ हजार भन्दा धेरैमा सङक्रमण भएकोमा एक करोड ५४ लाख ९१ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् ।

Comment


Related News