अपडेट 
२०७७ भाद्र ५, शुक्रबार १४:२४

कोरोना भाइरसको त्रास फैलिएको बेला सप्तरीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक महिलासहित दुई जनाको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेहरुमा सप्तकोशी नगरपालिका ८ का ४५ वर्षिय नारायण सदा र डाक्नेश्वरी नगरपालिका ८ की ३५ वर्षिया दुर्गिदेबी साह छन् । सदाको बुधबार राती तथा साहको शुक्रबार बिहान मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुबैको स्वाब संकलन गरिसकिएको र सम्भवत शुक्रबार रातीसम्म परिक्षण रिपोर्ट प्राप्त भइसक्ने जानकारी दिएका छन् । दुबै जनामा ४/५ दिन यता उच्च ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि परिवारजनले उपचारका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याउने तयारी गरिरहँदा घरमै मृत्यु भएको थियो ।

स्थानीयवासीले सो बारे खबर गरेपछि स्वास्थ्यकर्मीको छुट्टाछुट्टै टोली मृतकको घरमै पुगि स्वाब संकलन गरि परिक्षणका लागि गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवको भनाई छ । मृतक सदाको बिहीबार साँझ तथा साहको शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालयले तोकेको गाइडलाइन अनुसार आवश्यक सुरक्षा प्रबन्ध मिलाई अन्त्येष्टि गरिएको उनले जानकारी दिए । मृतक परिवारलाई हाल होमक्वारेन्टाइन गरिएको तथा परिक्षण रिपोर्ट प्राप्त भएपछि सोही आधारमा आवश्यक कदम चालिने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।


सप्तरीमा हालसम्म कोरोना संक्रमणबाट चार जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये एक जनाको उपचारकै क्रममा तथा तीन जनामा मृत्यु संस्कार सकिएपछि कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

Comment


Related News

Latest News

Trending News