अपडेट 
२०७७ भाद्र ५, शुक्रबार १५:११

कोरोना संक्रमणबाट पर्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ ।

वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको शुक्रबार दिउँसो सवा १ बजे मृत्यु भएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए ।

नारायणी अस्पतालको आईसीयुमा उपचाररत उनलाई कोरोना संक्रमण पुष्टि भएपछि साउन ३२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । मृत्यु हुनेमा २५ जना पर्साका, ५ जना बाराका र रौतहटका २ जना छन् ।

Comment


Related News

Latest News

Trending News