अपडेट 
२०७७ भाद्र ५, शुक्रबार २०:१४

बुधबार मृत्यु भएका धनुषाका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको नगराइन नगरपालिका- ३ फुलगामाका ५० बर्षीय पुरुषमा मृत्युपछि शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । बिरामी परेपछि बुधबार बिहान उनलाई प्रादेशिक अस्पताल जनकपुरधामा भर्ना गरिएको थियो । उनको स्वाब संकलन गरी उपचार शुरु भए पनि थप उपचार चाहिने भन्दै काठमाडौं रेफर गरिएको थियो । बुधबार दिउँसो काठमाडौं लैजाने क्रममा सिन्धुलीको खुर्काेट पुगेपछि उनको मृत्यु भएको थियो । उनी मुटु, दम, उच्च रक्तचाप र मधुमेहका बिरामी भएका प्रादेशिक अस्पतालका चिकित्सकले बताएका छन् । उनको अन्तिम संस्कार बिहीबार नै गरिसकिएको छ ।

योसँगै धनुषामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।

Comment


Related News

Latest News

Trending News