अपडेट 
२०७७ भाद्र ६, शनिबार ०८:५८

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब आठ लाख पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले शनिबार विहानसम्म विश्वभर कोरोनाबाट सात लाख ९७ हजार सात सय ८७ जनाको मृत्यु भइसकेको जनाएको छ । साथै विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या दुई करोड २८ लाख ६४ हजार ८ सय ७३ पुगेको छ ।

कोरोना संक्रमणको महामारीबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा संक्रमितको संख्या ५६ लाख २१ हजारभन्दा धेरै छ । मृतकको संख्या १ लाख ७५ हजार ४ सय ४३ छ ।

Comment


Related News

Latest News

Trending News