अपडेट 
२०७७ भाद्र ६, शनिबार १३:३४

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा निदेश सापकोटाका अनुसार धरान–१५ का ६७ वर्षीय पुरुषको शनिबार मध्यान्ह मृत्यु भएको हो ।

उच्च रक्तचापको समस्या भएका ती पुरुषमा गत साउन २७ गते कोरोना पुष्टि भएको थियो भने धरानकै एन्फा क्वारेन्टिनबाट रिफर गरेर प्रतिष्ठानमा पनि सोही दिन भर्ना गरिएको थियो । 

Comment


Related News

Latest News

Trending News