अपडेट 
२०७७ भाद्र ६, शनिबार १६:२७

पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १ सय ३६ जनाले काेराेना संक्रमण जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्ववर गाैतमका अनुसार विगत २४ घण्टामा १ सय ३६ जना काेराेना संक्रमण मुक्त भएका हुन् ।

यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको हो । योसँगै मृतकको संख्या १४६ पुगेको हो । 

Comment


Related News

Latest News

Trending News