अपडेट 
२०७७ भाद्र ७, आईतवार ११:३५

सुनचाँदीको मूल्य आईतबार (आज) घटेको छ । सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो भने चाँदी तोलामा २५ रुपैयाँले घटेको छ ।

बजारमा छापावाला सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम थियो ।

आइतबार तेजावी सुनको मूल्य ९७ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । चाँदी प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर १ हजार ९ सय ४० डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News